काठमाडौँ । नेपालमा पहिलो रेमिटेन्स सिष्टमको विकास गरी नेपालमा रकम ट्रान्सफर प्रक्रियालाई सहजीकरण गरेको ईन्फीकेयर कम्पनीले सेवा दिंदै आएको रेमिटेन्स/AML सेवा लोकप्रिय बन्दै गएको छ । ईन्फीकेयरले नेपाल, मलेशिया र अमेरिकाबाट ९० भन्दा बढी कर्मचारीहरु परिचालन गरी विश्वका १४ वटा देशमा आफना सेवाहरु उपलब्ध गराउँदै आएको छ । सन् २००५ मा आई.टी. विशेषज्ञहरुको टीमद्धारा स्थापना गरिएको सफ्टवेयर कम्पनीको सेवा विभिन्न बैंक तथा वित्तीय संस्थाहरुले लिंदै आएका छन् ।